सशस्त्र प्रहरी वल नं.४ गण, ईनरूवा, सुनसरीका सशस्त्र प्रहरी जवान बलराम यादव घुस रकम सहित नियन्त्रणमा ।


विषय: घुस रकम सहित नियन्त्रणमा ।
-----------------------------------------------------

सशस्त्र प्रहरी वल नं.४ गण, ईनरूवा, सुनसरीका सशस्त्र प्रहरी जवान बलराम यादवले व्यपारमा सहजिकरण गरीदिने प्रयोजनको लागि सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्‍ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट खटिई गएको टोलीले निज सशस्त्र प्रहरी जवान बलराम यादवलाई सेवाग्राहीसँग रू.१,५०,०००।–(एक लाख पचास हजार मात्र) घुस वापतको रकम लिइसकेको अवस्थामा देवानगञ्‍ज गाउँपालिका वार्ड नं.३ कप्‍तानगञ्‍ज बजारबाट उक्त रकम सहित रङ्गेहात नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।

Download
  

Other Press Release