नेपाल विद्युत प्राधिकरण, लगनखेल वितरण केन्द्र, ललितपुरका फोरमेन अविलाल विष्ट उपर आरोप-पत्र दायर गरिएको ।


विषय: आरोप-पत्र दायर गरिएको ।
------------------------------------------------

नेपाल विद्युत प्राधिकरण, लगनखेल वितरण केन्द्र, ललितपुरका फोरमेन अविलाल विष्‍टले घरमा नयाँ मिटर जडान गर्ने प्रयोजनको लागि विभिन्‍न बहाना बनाई सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्‍ने सूचना एवं निवेदनको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, टङ्गालबाट खटिई गएको टोलीले निज फोरमेन अविलाल विष्‍टलाई घुस/रिसवत बापतको रकम रू.५,०००/-(पाच हजार) लिइसकेको अवस्थामा नियन्त्रणमा लिई अनुसन्धान हुँदा निज फोरमेन अबिलाल बिष्‍टले बिजुलीको नयाँ मिटर छिटो जडान गरी दिने प्रयोजनको लागि सेवाग्राहीसँग रू.५,०००।–(पाँच हजार ) घुस/रिसवत माग गरी लिई भ्रष्‍टाचार गरेको तथ्य प्रमाणित हुन आएकोले निज अबिलाल बिष्‍टलाई भ्रष्‍टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुरमा बिगो रू.५,०००/- (पाँच हजार) कायम गरी भ्रष्‍टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।

Download
  

Other Press Release

सशस्त्र प्रहरी बल, नेपाल, नं.३६ गण हे.क्वा. डोटी दरबन्दीका सशस्त्र प्रहरी निरीक्षक प्रकाश बहादुर चन्द उपर नक्कली शैक्षिक प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/04/22
श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, बखरी, पर्साका प्राथमिक तहका शिक्षक जनार्दन प्रसाद कानु उपर अध्यापन अनुमति पत्र नक्कली सम्बन्धी आरोप-पत्र दायर।
2024/04/22
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालिन कार्यकारी निर्देशक तथा नेपाल दुरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) का निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेल उपर बिगो रु.२३,७५,४६,३२४।५७ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/21
सुरक्षण मुद्रण केन्द्र, सिंहदरवारका तत्कालीन कार्यकारी निर्देशक (हाल निलम्बित) पदमा कार्यरत विकल पौडेल उपर झुट्टा विवरण पेश गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/21
सामाजिक विकास कार्यालय, डोल्पाका तत्कालीन कार्यालय प्रमुख धनञ्जय आचार्यसमेत ५ जनाउपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/16
जिल्ला मुगु, खानेपानी सिंचाई तथा उर्जा विकास कार्यालयका कार्यालय प्रमुख राजिव रिमालसमेत ५ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/14