बारा जिल्ला प्रसौनी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय, प्रसौनी, बाराका योजना शाखाका खरिदार बिनोद प्रसाद यादव समेत २ जना उपर आरोप-पत्र दायर गरिएको ।


बारा जिल्ला प्रसौनी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय, प्रसौनी, बाराका योजना शाखाका खरिदार बिनोद प्रसाद यादब र बारा जिल्ला प्रसौनी गाउँपालिका बस्ने वृज किशोर साहले ऐ.वडा नं.६ को नाला निर्माण कार्य वापतको बिल बमोजिमको रकम सेवाग्राहीलाई भुक्तानी गर्नका लागि प्रकृया अगाडि बढाउन विभिन्‍न बहाना गरी सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्‍ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाबाट खटिई गएको टोलीले निज खरिदार बिनोद प्रसाद यादबले घुस रकम लिन पठाएको व्यक्ति आसपुरन कुशवाहालाई सेवाग्राहीसँग रु.१५,०००।– (अक्षरुपी पन्ध्र हजार) घुसबापतको रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिई अनुसन्धान हुँदा निज खरिदार विनोद प्रसाद यादवले नाला निर्माणको कार्य सम्पन्‍न गरी सोको भुक्तानी रकम माग गर्दा सेवाग्राहीसँग रू.१५,०००।–(पन्ध्र हजार) माग गरी आशपुरन कुशवाहालाई लिन पठाई भ्रष्‍टाचार निवारण ऐन,२०५९ को दफा ३ को उपदफा(१) को कसुर गरेको सप्रमाण पुष्‍टि भएकोले निज विनोद प्रसाद यादवलाई बिगो रू.१५,०००।–(पन्ध्र हजार ) कायम गरी भ्रष्‍टाचार निवारण ऐन,२०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम सजाय हुन मागदाबी लिइएको ।
साथै निज वृज किशोर साहले सेवाग्राहीलाई पटक पटक सम्पर्क गरी उक्त योजना रकमको रू.७०,०००।–(सत्तरी हजार) को चेक दिए मात्र रकम भुक्तानी हुने भनि घुस/रिसवत माग गरेको तथ्य खुल्न आएबाट उक्त घुस रिसवत माग गर्ने कार्यमा निज वृज किशोर साह समेतको संलग्नता र मिलेमतो रहेको देखिएबाट वृज किशोर साहले भ्रष्‍टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (२) को कसुर गर्ने उद्योग गरेको हुँदा सोही ऐनको दफा २१ र दफा ३ को उपदफा (२) मा उल्लेख भए बमोजिम भ्रष्‍टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ग) मा उल्लेखित सजायको आधा सजाय हुन मागदावी लिई आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।

 

Download
  

Other Press Release

जिल्ला हुम्ला, चंखेली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बिष्णु बहादुर शाही, इन्जिनियर, वडा अध्यक्ष, उपभोक्ता समितिका अध्यक्षसमेत ७ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/25
सशस्त्र प्रहरी बल, नेपाल, नं.३६ गण हे.क्वा. डोटी दरबन्दीका सशस्त्र प्रहरी निरीक्षक प्रकाश बहादुर चन्द उपर नक्कली शैक्षिक प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/04/22
श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, बखरी, पर्साका प्राथमिक तहका शिक्षक जनार्दन प्रसाद कानु उपर अध्यापन अनुमति पत्र नक्कली सम्बन्धी आरोप-पत्र दायर।
2024/04/22
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालिन कार्यकारी निर्देशक तथा नेपाल दुरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) का निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेल उपर बिगो रु.२३,७५,४६,३२४।५७ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/21
सुरक्षण मुद्रण केन्द्र, सिंहदरवारका तत्कालीन कार्यकारी निर्देशक (हाल निलम्बित) पदमा कार्यरत विकल पौडेल उपर झुट्टा विवरण पेश गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/21
सामाजिक विकास कार्यालय, डोल्पाका तत्कालीन कार्यालय प्रमुख धनञ्जय आचार्यसमेत ५ जनाउपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/16
जिल्ला मुगु, खानेपानी सिंचाई तथा उर्जा विकास कार्यालयका कार्यालय प्रमुख राजिव रिमालसमेत ५ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/14