खानेपानी तथा ढल व्यवस्थापन बिभाग पानीपोखरी काठमाडौंमा कार्यरत सि.डि.ई. राज कुमार शाक्यउपर बिगो रु. १०,७७,५०,४५३।– कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको सम्बन्धी आरोप-पत्र दायर ।


प्रेस विज्ञप्ति :- मिति २०७७।०३।१६ गते ।
------------------------------------------------------

खानेपानी तथा ढल व्यवस्थापन विभाग अन्तर्गत संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना दिक्तेल, खोटाङ्गमा कार्यरत आयोजना प्रमुख राज कुमार शाक्य (सि.डि.ई.) ले कमिसन नलिई काम नगर्ने, आ.व.०७५/०७६  मा करिब एक करोड कमिसन असुल गरेको, २०७६ आसारमा विभिन्न ठेक्केदारसँग करिब पचास लाख खातामा राख्न लगाई बील भुक्तानी गरेको साथै स्रोत नखुलेको सम्पति आर्जन गरेकोले छानविन गरी कारवाही गरिपाउँ भन्ने आयोगमा दर्ता हुन आएका उजुरीउपरको अनुसन्धानमा निज मिति २०४९।०२।०२ गते देखि जिल्ला खानेपानी कार्यालय, कञ्चनपुर, महेन्द्रनगरबाट ओभरसियर पदमा सरकारी सेवामा प्रवेश गरी मिति २०६४।१०।०१ देखि इन्जिनियर पदमा र मिति २०७२।०७।१० देखि सिनियर डिभिजन इन्जिनियर पदमा बढुवा भएका निज निजामति सेवामा प्रवेश पश्चात खानेपानी तथा ढल व्यवस्थापन अन्तर्गतका विभिन्न कार्यालयहरूमा कार्यरत रहँदै विभिन्न आयोजना प्रमुखको जिम्मेवारीमासमेत रहेको देखिन आयो ।

सार्वजनिक सेवामा प्रवेश पश्चात निज राज कुमार शाक्यले आफू र श्रीमतीका नाममा जग्गाहरु खरिद, घरनिर्माण, सवारी साधन खरिद लगायतमा खर्च लगानीका साथै भान्जी नाताकी व्यक्तिका नाममासमेत जग्गा खरिद गरी लुकाई छिपाई राखेको, आफू तथा आफ्नो परिवारको नाममा विभिन्न बैँक तथा वित्तिय संस्थाहरुमा खाता खोली मुद्दती निक्षेपमा अवैध रकमहरु राखेको, उक्त मुद्दती निक्षेपहरु परिपक्व नहुँदै सोही मुद्दती निक्षेपको सुरक्षण धितोमा ऋण निकाली अन्यत्र व्यक्तिहरुलाई लगानीसमेत गरेको देखिन आयो ।

अनुसन्धानको क्रममा संकलित प्रमाणका कागजातहरु एवं सम्वन्धित व्यक्तिहरुले खुलाई दिएका व्यहोराहरु अनुसार निज राज कुमार शाक्यले सार्वजनिक सेवामा प्रवेश मितिदेखि मिति २०७६ फाल्गुण मसान्तसम्मको जाँचअवधिमा सार्वजनिक सेवामा रही जम्मा रु. १,६१,७३,५६१।- (एक करोड एकसठ्ठीलाख त्रिहत्तरहजार पाँचसय एकसठ्ठी रुपैयाँ) आय आर्जन गरेको देखिन्छ भने अनुसन्धानमा लिइएको जाँचअवधिमा सम्पत्ति सिर्जना तथा लगानी गर्नमा निज राजकुमार शाक्यले रु.१२,३९,२४,०१४।- (बाह्र करोड उनान्चालीस लाख चौवीस हजार चार चौध रुपैया) खर्च तथा लगानी गरेको देखिंदा निजको आयको अनुपातमा रु.१०¸७७¸५०¸४५३।–(दशकरोड सतहत्तरलाख पचासहजार चारसय त्रिपन्न रुपैया) बराबरको भागलाई निजको वैध आयस्रोतले खामेको पाइएन।

साथै, सार्वनजिक पद धारण गरेका राज कुमार शाक्यले साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसूर गरेको पुष्टि हुन आएकोले निज राज कुमार शाक्यलाई विगो रु.१०,७७,५०,४५३।–(दश करोड सत्तहत्तर लाख पचासहजार चारसय त्रिपन्न रुपैया) कायम गरी साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ मा उल्लेख भए बमोजिम सोही ऐनको दफा ३ बमोजिम र निज राजकुमार शाक्यले प्रभा शाक्यको नाममा मिति २०७६।९।८ मा खरिद गरी राखेको ललितपुर उपमहानगरपालिका वडा नं. १३ (साविक वडा नं. ४) स्थित कि.नं. ६५६ को क्षेत्रफल ०-४-०-२ (१३१.१४ ब.मि.) भएको जग्गा निजले आयोगमा संक्षिप्त सम्पत्ति विवरण फारम बुझाएकै दिन अर्थात मिति २०७६।१०।१२ मा अल्का शाक्यको नाममा रहेको उक्त जग्गाको स्वामित्व प्रभा शाक्यको नाममा परिवर्तन गरी विस्तृत अनुसन्धानको क्रममा आयोगमा मिति २०७७।०१।१५ मा पेश गरेको विस्तृत सम्पत्ति विवरणमासमेत उल्लेख नगरी गैरकानूनी सम्पत्ति आर्जन गरी सिर्जना गरेका सम्पत्ति जग्गा लुकाउने छिपाउने उद्देश्यले श्रीमतीको नामबाट अन्य व्यक्तिको नाममा स्वामित्व परिवर्तन गरी अनुसन्धानको क्रममा पेश गरेको सम्पत्ति विवरणमासमेत नखुलाई वदनियतपूर्ण तरिकाले गैरकानूनी सम्पत्ति लुकाउने छिपाउने कार्य गरी निज राजकुमार शाक्यले प्रचलित भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा १६ को उपदफा (२) बमोजिमको कसुरसमेत गरेको पुष्टि हुन आएकोले प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) र भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा १६ को उपदफा (२) बमोजिमसमेतको सजाय गरी गैरकानूनी रुपमा निज राज कुमार शाक्यले आर्जन गरेको स्रोत नखुलेको रु. २,५४,७४,७२६।- बराबरको सम्पत्ति र नपुग बिगो रु.८,२२,७५,७२७।- समेत प्रचलित कानुन बमोजिम असुलउपर गरी साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ३, दफा १६ग., दफा २९ को उपदफा (१)¸ प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा दफा २० को उपदफा (२) र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ख. बमोजिम जफत गरी पाउनसमेतको मागदाबी लिई विगो बमोजिमको सम्पत्ति जफत गर्ने प्रयोजनार्थ निजको श्रीमती अल्का शाक्य र भान्जी नाताकी प्रभा शाक्यसमेतलाई प्रतिवादी कायम गरी आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।

प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

जिल्ला कालिकोट, महावै गाउँपालिकाका तत्कालीन गाउँपालिका उपाध्यक्ष तथा अनुगमन समितिका संयोजक मनराज शाही, निमित्त प्रमुख प्रशासकीय अधिकृत गणेशमान सिंह, वडा अध्यक्षसमेत ९ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/25
जिल्ला हुम्ला, चंखेली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बिष्णु बहादुर शाही, इन्जिनियर, वडा अध्यक्ष, उपभोक्ता समितिका अध्यक्षसमेत ७ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/25
सशस्त्र प्रहरी बल, नेपाल, नं.३६ गण हे.क्वा. डोटी दरबन्दीका सशस्त्र प्रहरी निरीक्षक प्रकाश बहादुर चन्द उपर नक्कली शैक्षिक प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/04/22
श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, बखरी, पर्साका प्राथमिक तहका शिक्षक जनार्दन प्रसाद कानु उपर अध्यापन अनुमति पत्र नक्कली सम्बन्धी आरोप-पत्र दायर।
2024/04/22
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालिन कार्यकारी निर्देशक तथा नेपाल दुरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) का निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेल उपर बिगो रु.२३,७५,४६,३२४।५७ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/21
सुरक्षण मुद्रण केन्द्र, सिंहदरवारका तत्कालीन कार्यकारी निर्देशक (हाल निलम्बित) पदमा कार्यरत विकल पौडेल उपर झुट्टा विवरण पेश गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/21