नेपाल बिद्युत प्राधिकरणको फोरमेनबाट अवकाश प्राप्त टहल बहादुर कार्कीउपर बिगो रु. १,०९,८७,६५८।- कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको सम्बन्धी आरोप-पत्र दायर ।


प्रेस विज्ञप्ति :- मिति २०७७।०३।१६ गते ।
--------------------------------------------

नेपाल बिद्युत प्राधिकरणको फोरमेन पदबाट अवकाश पाएका टहल बहादुर कार्कीले निज पदमा बहाल रहँदा गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्नेसमेत व्यहोराको यस आयोगमा पर्न आएको उजुरीको सम्बन्धमा अनुसन्धान हुँदा निज टहल बहादुर कार्कीले सार्वजनिक सेवा प्रवेश गरेको मिति २०३९।०८।१६ देखि अवकाश भएको मिति २०७३।०९।०१ सम्मको अबधिको निजको आय व्ययको विश्लेषण गर्दा जम्मा रु. २,१२,४८,४७२।- आय आर्जन गरेको देखिन्छ भने यसै अवधिमा निजले जम्मा रू. ३,२२,३६,१३०।- खर्च तथा लगानी गरेको देखियो ।

निजको कुल आय आर्जन रु. २,१२,४८,४७२।- बाट कुल खर्च तथा लगानी रू. ३,२२,३६,१३०।- घटाउदा हुन आउने रु. १,०९,८७,६५८।- (एक करोड नौ लाख सतासी हजार छ सय अन्ठाउन्न रुपैयाँ) बराबरको सम्पत्तिको स्रोत खुलेको नदेखिएकोले निजले गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरी उच्चस्तरको जीवनयापन गरेको देखिंदा निजले साबिक भ्रष्टाचार निवारण ऐन २०१७ को दफा १५ एबं प्रचलित भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुर गरेको तथ्य प्रमाणबाट पुष्टि हुन आएको हुँदा निज टहल बहादुर कार्कीलार्इ बिगो रु. १,०९,८७,६५८।- (एक करोड नौ लाख सतासी हजार छ सय अन्ठाउन्न रुपैयाँ) कायम गरी साबिक भ्रष्टाचार निवारण ऐन २०१७ को दफा १५ मा उल्लेख भए बमोजिम सोही ऐनको दफा ३ र  प्रचलित भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २० को उपदफा (२ )  बमोजिम सजाय गरी साबिक भ्रष्टाचार निवारण ऐन २०१७ को दफा ३, दफा १६ग., दफा २९ को उपदफा (१) एवं प्रचलित भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २० को उपदफा (२), दफा ४७ तथा अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा २९ ख. बमोजिम गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्तिको बिगो रु. १,०९,८७,६५८।- (एक करोड नौ लाख सतासी हजार छ सय अन्ठाउन्न रुपैयाँ) जफतको लागि मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।


प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

जिल्ला हुम्ला, चंखेली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बिष्णु बहादुर शाही, इन्जिनियर, वडा अध्यक्ष, उपभोक्ता समितिका अध्यक्षसमेत ७ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/25
सशस्त्र प्रहरी बल, नेपाल, नं.३६ गण हे.क्वा. डोटी दरबन्दीका सशस्त्र प्रहरी निरीक्षक प्रकाश बहादुर चन्द उपर नक्कली शैक्षिक प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/04/22
श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, बखरी, पर्साका प्राथमिक तहका शिक्षक जनार्दन प्रसाद कानु उपर अध्यापन अनुमति पत्र नक्कली सम्बन्धी आरोप-पत्र दायर।
2024/04/22
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालिन कार्यकारी निर्देशक तथा नेपाल दुरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) का निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेल उपर बिगो रु.२३,७५,४६,३२४।५७ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/21
सुरक्षण मुद्रण केन्द्र, सिंहदरवारका तत्कालीन कार्यकारी निर्देशक (हाल निलम्बित) पदमा कार्यरत विकल पौडेल उपर झुट्टा विवरण पेश गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/21
सामाजिक विकास कार्यालय, डोल्पाका तत्कालीन कार्यालय प्रमुख धनञ्जय आचार्यसमेत ५ जनाउपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/16
जिल्ला मुगु, खानेपानी सिंचाई तथा उर्जा विकास कार्यालयका कार्यालय प्रमुख राजिव रिमालसमेत ५ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/14