भूमिसुधार तथा मालपोल कार्यालय डिल्लीबजार, काठमाडौंमा कार्यरत मालपोत अधिकृत रघुवंश कंडेलसहित ६ जना रु. ८,५०,०००।- घुस रकमसहित नियन्त्रणमा ।


प्रेस विज्ञप्ति:- मिति २०७७।०३।०३ गते ।
---------------------------------------------

भूमिसुधार तथा मालपोल कार्यालय डिल्लीबजार, काठमाडौंमा कार्यरत कर्मचारीहरुले जग्गाको कित्ताकाट गर्न आदेश गराई दिए बापत सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले मालपोत अधिकृत रघुवंश कंडेल, ना.सु. क्रमश: उद्वव सापकोटा, नारायण प्रसाद पोखरेल, नवराज घिमिरे, गोपाल खड्का र खरिदार दिपक खनाललाई सेवाग्राहीबाट रु. ८,५०,०००।– (आठ लाख पचास हजार) घुस/रिसवत लिइसकेको अवस्थामा टोखा नगरपालिका वडा नं. ९ सामाखुशी चोक स्थित स्काई पार्टी प्यालेस अगाडिबाट उक्त रकमसहित मिति २०७७।०३।०२ गते नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको छ ।


प्रदीपकुमार कोइराला
प्रवक्ता

Download